मंगलबार, वैशाख २२, २०८३

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल

मेरोन्यूज २०८१ साउन १६ गते १७:४९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई तोकेका छन्।

Advertisement
NiccNicc

राष्ट्रपति भवन, शीतलनिवासबाट जारी सूचनाअनुसार, प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामयमुकायम प्रधानसेनापति तोकिएको छ।

प्रतिक्रिया