किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

वालिङ (स्याङ्जा) । वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाडेर अन्नको बीउ उत्पादन थालिएको हो ।
२०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर रेशमखेती हुँदै आएको थियो । गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास स्रोत केन्द्रका रूपमा स्थापना भएको केन्द्रले आलु, मकै र धानको बीउ उत्पादन गर्दै आएको छ । उक्त कार्यालयका प्रमुख सुदीप रेग्मीका अनुसार २० रोपनीमा आलु, मकै र धानको मूल बीउ उत्पादन थालिएको छ ।
चिप्स बनाउन प्रयोग गरिने विभिन्न जातका आलुको परीक्षण उत्पादन भएको छ । यस वर्ष ‘मनकामना ३’ जातको मकै उत्पादन गरी प्रशोधनको तयारी छ ।
मकै उत्पादन गरेको स्थानमा ‘रामधान’ को प्रजनन तथा मूलबीउ उत्पादन गर्ने उद्देश्यले धानखेती गरिएको छ । कार्यालय परिसरमै धान, मकै, गहुँको विषादीको प्रयोग गरेर वा नगरीकन प्रशोधन गर्न सकिने उपकरण जडान गरिएको छ ।
जडान भएका उपकरणबाट कार्यालय परिसरमा उत्पादन भएका बीउ तथा जिल्लाका विभिन्न स्थानमा बीउ उत्पादनसँग सम्बन्धित समूह सहकारीले उत्पादन गरेका बीउको प्रशोधन र भण्डारण गर्न पनि सहज भएको प्रमुख रेग्मीले बताए । कार्यालयले उत्पादन गरेको धान, मकै, आलुको मूलबीउ सरकारले तोकेको मूल्यमा बिक्री गरिने उहाँले जानकारी दिए ।










निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया