चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।
गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो ।
आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट रु ९५ लाख र पालिकाले रु एक करोड १० लाख व्यहोर्नेछ । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् ।
तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ । यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ ।
पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया