विवादित होटलमा एमाले सचिवालय बैठक

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार बोलाइएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारअगाडि हनुमानस्थानस्थित बसेरा होटलमा बोलाइएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
साे हाेटल विवादित हाेटलकाे रुपमा रहेकाे छ । साे हाेटल मापदण्ड विपरीत रहेकाे भन्दै सरकारले अधिग्रहण गर्नुपर्ने सिफारिस सरकारी निकायले दिएकाे छ । अर्कोतर्फ हाेटलका सञ्चालक विशाल पण्डित विरुद्ध मधेसलगायत प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै गत चैतमा अख्तियारले विशेष अदालतमा मुद्दा हालेकाे छ ।
विस २०७६ सालमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले सुरक्षा चुनाैति रहने भन्दै राष्ट्रपति भवनअगाडिको ‘सीई–रियल स्टेट भवन’ र सिंहदरबार अगाडिको साे बसेरा बुटिक होटल अधिग्रहण गर्नुपर्ने प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा वादललाई बुझाएको थियाे ।
सहसचिव आचार्यको प्रतिवेदनमा भीआईपीका कार्यालय तथा निवासबाट पेस्तोल र राइफलको न्यूनतम प्रहार गर्न मिल्ने क्षेत्र वरपर ५ तलाभन्दा अग्ला भवन बनाउन प्रतिबन्ध लगाउनुपर्ने उल्लेख थियो । प्रतिवेदन बुझ्दै तत्कालीन गृहमन्त्री वादलले सुरक्षा चुनौती हुने गरी मापदण्ड उल्लंघन गरेर बनाइएका साे भवन अधिग्रहण गर्न प्रक्रिया अघि बढाईने बताएका थिए ।
साे लगत्तै एक महिनापछि गृह मन्त्रालयले अधिग्रहणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पठाएको थियो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रतिवेदन मन्त्रीपरिषद्बबाट कार्यान्वयन अघि बढाएनन् ।
सो भवनबाट विशेषत राष्ट्रिय अनुसन्धान विभागकाे कार्यालयका सबै गतिविधि निगरानी राख्न सकिन्छ । विभागसँगै बनाइएकाे साे हाेटलबाट विभागका गतिविधि निगरानी हुनसक्ने, विभागका अधिकारीमाथि आक्रमणका लागि प्रयाेग समेत हुनसक्ने र यसले सुरक्षा चुनाैति थपिने भन्दै विभागले आपत्ती जनाएको थियो ।
विभागका एक अधिकारी भन्छन्,- गुप्तचरी गर्नुपर्ने विभागकै अरुले साे हाेटलबाट गुप्तचरी गर्ने सम्भावना छ । अहिले देशकाे अवस्था सामान्य देखिएपनि जुनसुकै बेला परिस्थिति भड्किन सक्छ , साे बेला विभागलाई याे हाेटल थ्रेटकाे रुपमा रहन्छ । विवादीत हाेटलमा प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी बैठक डाकेकाेमा अनुसन्धान विभागका अधिकारीहरुले समेत आश्चर्य मानेका छन् ।
विभागका ती अधिकारीले भने,- हाेटलनै खाेलेपछि त्यहाँ गएर कुनै कार्यक्रममा प्रधानमन्त्री , मन्त्रीहरु सहभागी हुनु, भेटघाट गर्नु त स्वभाविकै हाे । तर काठमाडौंमा यतिधेरै हाेटल हुँदाहुँदै विवादीत हाेटल खाेज्दै अधिग्रहण सिफारिसमा परेकाे, अख्तियारमा मुद्दा परेको व्यक्तिकाे हाेटलमै पार्टी बैठक राख्नु चाहिँ आश्चर्यको विषय हो ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मंगलबार रातिको भारी वर्षाका कारण डुबानमा परेपछि होटलमा बैठक राख्नुपरेकाे एमालेले जानकारी दिएकाे छ।













भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया