बिहीबार, चैत १९, २०८२

सौर्य एयर दुर्घटना : पाइलट शाक्यको डिस्चार्ज गर्ने तयारी

मेरोन्यूज २०८१ साउन १७ गते १४:२८

काठमाडौँ । गत असार ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका अनुसार, उपचारमा संलग्न चिकित्सकहरूको सल्लाहमा उनको डिस्चार्ज गर्ने तयारी अघि बढाइएको हो।


‘घरमा बसेर पनि उनको उपचार हुनेछ। थेरापी, आँखा लगायतको उपचार उनको भइरहनुपर्छ। घरमै राखेर उपचार गराउन सकिन्छ भनेर उनलाई मेडिकल डक्टरहरूको टिमले घरमै पठाउनेगरी तयारी भइरहेको हो।

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया