प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरे । उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाइ प्रोत्साहित गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न, सीप विकास गर्न, आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्नेछ ।”
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आज भएको समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ÷नयाँ काम गर्न सहज हुनेमा जोड दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले कोशीमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए । उहाँले यथाशीघ्र रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालिम दिई ‘अनलाइन’ रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी रहेको सल्लाहकार डा सुवेदीले जानकारी दिए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया