बिहीबार, वैशाख २४, २०८३

डडेल्धुरामा मृत चितुवा फेला

मेरोन्यूज २०८१ साउन १७ गते २१:३४

डडेल्धुरा । डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ।

Advertisement
NiccNicc

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

चितुवा कसरी मर्‍यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ।

केहीदिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो।

प्रतिक्रिया