निर्माण व्यवसायीको समस्या समाधानतर्फ सरकार अग्रसर छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका छन् ।
मन्त्री भण्डारीसँग बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएकोदेखि अन्य विभिन्न समस्याको विषयमा जानकारी गराएपछि उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको छ, व्यवसायीहरुको रकम भुक्तान गरिने छ ।’ निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको भन्दै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।
त्यस अवसरमा टोलीले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको थियो ।
















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया