मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनि तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।
मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मस्कले लगातार उनको आलोचना गर्दै तानाशाहको संज्ञा दिइरहेका छन् । भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन् । मस्कले मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनी समेत दिएका छन् ।
मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिएका थिए, जसलाई मस्कले स्वीकार गरेका छन्। मदुरोले यो लडाइमा हारे भने उनले राजीनामा दिनु पर्ने र जित्नुभयो भने म उसलाई मंगल ग्रहको सित्तैमा यात्रा दिने मस्कले बताए ।
मादुरोले मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउदै उनले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गरेका छन् र अब संसारलाई नियन्त्रण गर्न चाहेको आरोप लगाउदै मस्कलाई सामुन्ने आएर लड्न चुनौती दिएका थिए । मादुरोले आफू चाभेजको सन्तान भएको बताए । उनी कसैसँग नडराउने बताएका थिए ।
मादुरोको यो चुनौतीपछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफुले जित्ने दाबि गरे । साथै मस्कले लडाईमा हारेमा पदबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् साथै आफुले हारेमा मादुरोलाई नि: शुल्क मंगलग्रह गुमाउने प्रस्ताव राखेका छन् ।
मस्कले यसअघि पनि धेरै पटक जुकरबर्गलाई लड्न चुनौती दिएपनि आमने सामने भने भएनन् । दुवैले लडाईको तयारी गर्दै गरेको भन्दै बक्सिङ सिकेको तस्वीर समेत सार्बजनिक गरेका थिए ।
भेनेजुएलामा चुनावी नतिजा आएपछि मस्कले प्रश्न उठाएका थिए । उनले मादुरोलाई तानाशाह भनेका थिए । यसपछि मदुरोले मस्कलाई भेनेजुएलाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जिते । मादुरोको जितको घोषणा पछि भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया