पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो

पर्सा । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ। आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ।
गत आर्थिक वर्षमा आठ सय ९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन्। जबकि आव २०७९–८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए। त्यस्तै, आव २०७८–७९ मा एक हजार चार सय ८८ उद्योग दर्ता भएका थिए।
घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए।
‘गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगी/व्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन्। जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन्।’
आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको देखिन्छ। कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ छुट्टाछुटै एक सय ७९ नयाँ उद्योग दर्ता भएका छन्। त्यस्तै, निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन्।
पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन्। गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन्। गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने रु एक अर्ब पाँच पाँच करोड ९८ लाख सात हजार चार सय ५४ रहेको छ। गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ।
कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन्। विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्थाअनुसार ती थपिएका हुन्।
















धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया