साउनको सोमबार र स्वादिष्ट परिकार

काठमाडौं । नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई आध्यात्म, शान्ति, र भगवान शिवको भक्तिको महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा– मासुहरु त्यागेर फलफूल, दुधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ ।
आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुवैमा नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा हामीलाई खाने कुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ ।
धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुऽ मन्थन भएको मानिन्छ । समुऽ मन्थनमा, चौध प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये तेह्रवटा मणिहरु दानवहरूबीच बाँडिएका थिए । त्यसैगरि बाँकी एक, हलाहल (विष) भगवान शिवले खाएको हुनाले उनको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास छ । भगवान शिवलाई त्यसैले ‘नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान शिवले आफ्नो शिरमा अर्धचन्ऽ धारण गरेको र अन्य भगवानहरुले उहाँलाई गंगा जल चढाएको मान्यता छ।
साउनको बारेमा यस्ता मान्यताहरु धेरै छन् । भक्तजनहरूले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन् । सबै उमेरका महिलाहरूले भगवान शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुऽ मन्थनका कथाहरू सुनाउँने चलन छ ।
यो महिना भर नेपालीहरुले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड डेलिवरी प्लेटफर्महरुले खानाको प्रबन्ध गरिरहेको हुन्छ ।
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे जस्तै खाना पुर्याउँदछ । ग्राहकहरुको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरुका शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गर्ने भएको छ ।
फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ ।












यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया