लेखा समितिले विद्युत् प्राधिकरणसँग माग्याे टीओडी मिटरको तथ्याङ्क

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवारको बैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो । समिति सभापति ऋषि केश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गर्ने बताए।
उनले प्राविधिक भए पनि समितिले सधैँ सिद्धान्तमा मात्रै छलफल गरेको बताए। उनले समितिसँग उपलब्ध भएका सम्पूर्ण तथ्य र प्रमाणहरूसहित तयारी गर्ने बताए ।
उनले तीन दिनभित्र सांसदहरूसँग भएका प्रमाणहरू सचिवालयमा उपलब्ध गराउन निर्देशन दिए । उनले सबै तथ्य,प्रमाण र कानुनका आधारमा सचिवालयले पाँच दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिए ।
समितिसँग भएका तथ्य,प्रमाण र कानुनका आधारमा आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबिच विवाद सुल्झाउने निर्णय गरिने बताए।












पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया