सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन

हुम्ला । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु ६८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिए।
यहाँ आव २०७९/८० मा रु ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो । दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।
घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ ।
यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ । आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।











आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया