चीनमा पुल भत्किंदा पाँचजना बेपत्ता

दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।
बिहान ११ बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्”, सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ ।
“हाल उद्धारकर्ताहरु घटनास्थलमा खटिएका छन्”, विज्ञप्तिमा भनिएको छ।
गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो ।
मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८ जनाको मृत्यु भएको थियो ।
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया