शुक्रबार, माघ २, २०८२

पतंजलिले नयाँ दिल्लीमा तीज कार्यक्रम आयोजना गर्ने

मेरोन्यूज २०८१ साउन १९ गते १८:४०

काठमाडाैं । पतंजलिले भारतकाे नयाँ दिल्लीमा “हरितालिका तीज महोत्सव २०२४” आयोजना गर्ने भएकाे छ ।

पतंजलि हरिद्वारकाे आयोजनामा दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा यही भदाै २१ (अगष्ट ६) गते दिउँसो १२:०० बजेदेखि बेलुकी ७:०० बजे तीज कार्यक्रम हुने भएकाे हाे ।

उक्त कार्यक्रममा गायिका मेलिना राईसहित विभिन्न कलाकारकाे प्रस्तुति रहने भएकाे छ । कार्यक्रममा निःशुल्क प्रवेश गर्न सकिने आयाेजक टीमले जनाएकाे छ ।

प्रतिक्रिया