बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण
मेरोन्यूज
२०८१ साउन २० गते ११:३०

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।
खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् । समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन् ।
नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुङगा ढुवानीमा रु पाँच लाख खर्च भएको जानकारी दिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया