कर्णालीका मुख्यमन्त्री कँडेलले भाेलि विश्वासको मत लिने
मेरोन्यूज
२०८१ साउन २० गते १२:२९

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार (भाेलि) विश्वासको मत लिने भएका छन् । साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस- एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
४० सदस्यीय कर्णालीको प्रदेश सभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन् । प्रदेसमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया