मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

जनकपुर। मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।
गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उनि लागिरहे ।’
सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया