मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आफूसँग भेट गर्न आएका काउन्सिलका पदाधिकारीसँग उनले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताए ।
राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे सङ्क्षिप्त रुपमा अवगत गराएको थियो । उनले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न काम गर्दै आएको जानकारी दिए ।
भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरू दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झविन्द्र भुसाल थिए । साथै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागी थिए ।












प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया