‘बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ’
मेरोन्यूज
२०८१ साउन २१ गते २१:४९

चितवन । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका श्रेष्ठको अवस्था बुझ्न आज (सोमबार) अस्पताल पुगेका उनले यस्तो बताएका हुन्। हाल चितवन मेडिकल कलेजमा श्रेष्ठको उपचार भइरहेको छ।
उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए।
श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया