‘बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ’
मेरोन्यूज
२०८१ साउन २१ गते २१:४९

चितवन । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका श्रेष्ठको अवस्था बुझ्न आज (सोमबार) अस्पताल पुगेका उनले यस्तो बताएका हुन्। हाल चितवन मेडिकल कलेजमा श्रेष्ठको उपचार भइरहेको छ।
उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए।
श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ।
सम्बन्धित












प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया