कमला ह्यारिसद्वारा उपराष्ट्रपतिको उम्मेदारमा टिम वाल्जको चयन
मेरोन्यूज
२०८१ साउन २२ गते १९:४३

काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।
ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
पुर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा रहेका छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए ।
पछिल्ला दिनहरुमा रिपब्लिकनलाई कडा चुनौती दिइरहेका वाल्जलाई ह्यारिसले उपराष्ट्रपतिका लागि चयन गरेकी छन् ।
सिएनएनले ह्यारिसले आज केहि घण्टामा नै वाल्ज आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने उल्लेख गरेको छ र वाल्ज आजै कमला ह्यारिससँग सार्बजनिक रुपमा देखापर्ने तयारी गरिरहेको बताएको छ ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया