मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

काठमाडौं। सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताएका छन्। साथै उनले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गरेका छन्।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उनले समर्थन जनाएका हुन्। उनले भने, ‘मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ।’
सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गरेका थिए।
सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताइन्। यद्यपि उनले नेपाली नामप्रति असहमति जनाइनन्।
समितिका सभापति जयन्तीदेवी राईले नेपाली भाषाको संरक्षण गर्ने उद्देश्यले सांसदहरुले विधेयकको नाम आमसञ्चार परिषद् राख्नुपर्नेमा सबै सदस्यले जोड दिएका सुनाइन्।
त्यसअघि सांसद मदनकुमारी शाह (गरिमा) ले नेपाली भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विधेयकको नाम नेपाली नै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।
समितिका सदस्यहरू बेदुराम भुसाल, गंगाकुमारी बेलबासे, सुमित्रा बिसी, सुरेश आलेमगर, युवराज शर्माले विधेयकको नाम नेपालीमा राख्नुपर्ने बताएका थिए भने अर्का सदस्य कृष्णप्रसाद सिटौलाले मिडिया काउन्सिल पदावली विश्वभर स्थापित प्रचलित भएकाले त्यो पनि अमान्य नहुने तर्क गरेका थिए।
समितिका अर्का सदस्य नारायणदत्त भट्टले मिडिया काउन्सिल पनि मान्य हुने बताएका थिए। विधेयकमा काउन्सिलको सिफारिस समिति छनोट, अध्यक्ष छनोट, उपभोक्ता संख्या, उमेरको हदबन्दीलगायत विषयमा सबैको एउटै मत छैन।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया