कास्कीको माछापुच्छ्रेमा चितुवा मृत भेटियो
मेरोन्यूज
२०८१ साउन २२ गते २१:५०

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ ।
माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखि पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताए ।
‘चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ’, गौतमले भने ।
अन्नपू्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा. सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गरेपछि मुचुल्का बनाएर गाडिएको थियो ।
सम्बन्धित










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया