हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
मेरोन्यूज
२०८१ साउन २३ गते ८:४६

काठमाडौँ । बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।
उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।
यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।
त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । त्यस्तै पुर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।
सम्बन्धित














दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया