हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड

काठमाडौँ । सिङ्गापुरले बुधबार लागुऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
सिङ्गापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन् ।
“दण्डित ५९ वर्षीय सिङ्गापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा मृत्युदण्डको दिइएको हो,” सेन्ट्रल नार्कोटिक्स ब्युरो ९सिएनबी० ले एक विज्ञप्तिमा जनाएको छ ।
उक्त व्यक्तिलाई ३५।८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
सिङ्गापुरको लागुऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ । “उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,” सिएनबीले भन्यो ।
“उहाँले आफूलाई लागेको आरोप र सजायबिरूद्ध पुनरावेदन गरेका थियो तर पुनरावेदन अदालतले सन् २०२२ मे ११ मा उनको अपिल खारेज गरेको हो । राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अनुरोध पनि अस्वीकार गरिएको थियो ।”
सिङ्गापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो ।
सिङ्गापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६।९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो ।
सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५ वर्षीय बङ्गलादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो ।
एएफपीको तथ्याङ्कअनुसार सिङ्गापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ ।
कोभिड–१९ महामारीको समयमा सिङ्गापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो ।













मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया