नर्वेकी राजकुमारीका छोरा पक्राउ

नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरालाई एक महिलामाथि आक्रमण गरेको आशङ्कामा सप्ताहन्तमा पक्राउ गरिएको प्रहरीले बुधबार बताएको छ ।
मेट–मेरिटका छोरा मारियस बोर्ग होइबीको जन्म सन् १९९७ मा नर्वेका भावी राजा युवराज हाकोनसँग उहाँको सन् २००१ मा विवाह हुनुअघिको सम्बन्धबाट भएको थियो ।
एक अपार्टमेन्टमा रातभर भएको विवादपछि आइतबार बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको प्रहरीले बताएको छ । उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा बताएको छ ।
“ती (व्यक्ति) मारियस बोर्ग होइबी हुन् भनी धेरै मिडियामा थाहा भइसकेपछि घटनामा संदिग्ध उनी होइबी नै भएको प्रहरीले पुष्टि गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले उनले ‘शारीरिक क्षति’ पुर्याएको आशङ्का गरेको थियो । उनीहरूले महिलाको पहिचान भने गरेनन् र ‘आरोपी र पीडितबीच सम्बन्ध’ रहेको बताए ।
पीडितलाई गम्भीर चोट लागेकोबारे कुनै जानकारी नभएको प्रहरीले बताएको छ ।
शाही परिवारले घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
होइबीलाई मेट–मेरिट र हाकोनले आफ्ना सौतेनी भाइबहिनी २० वर्षीया राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा र १८ वर्षीय राजकुमार स्वेरे म्याग्नसँगै पालेको भए पनि उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया