मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् ।
“हाम्रो देश सबैको साझा फूलबारी हो । नेपालमा आदिवासी जनजातिको ठूलो सङ्ख्या छ । त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो । कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ । आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ । आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खुवालुङदेखि माङ्सेबुङलगायत पवित्रस्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उनिहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताएका छन् । आदिवासीका धार्मिक धरोहरको संरक्षण र सङ्ग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ।













खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
जाँचबुझ आयोगले बयानको लागि ओलीलाई काट्यो पत्र
विवेकशील साझाबाट आएका ७ जना रास्वपाकाे केन्द्रीय सदस्य मनोनित
बालेन-कुलमान पक्षलाई समेट्ने गरी रास्वपाले थप्यो ४ पदाधिकारी
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
प्रतिक्रिया