चुनाव घोषणा भएलगत्तै शेख हसिना बंगलादेश फर्कने

नयाँदिल्ली। शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।
उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफुहरु बंगलादेश जाने बताएका हुन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् ।
बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।
यस भनाइको सन्दर्भमा उनले भने, ‘हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।’
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया