शुक्रबार, माघ २, २०८२

चुनाव घोषणा भएलगत्तै शेख हसिना बंगलादेश फर्कने

मेरोन्यूज २०८१ साउन २५ गते १४:१३

नयाँदिल्ली।  शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । 

उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफुहरु बंगलादेश जाने बताएका हुन् । 

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् । 

बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन ।  यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।

यस भनाइको सन्दर्भमा उनले भने, ‘हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।’

प्रतिक्रिया