साउथ एक्टर नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट (तस्बिर)

काठमाडौं । साउथ अभिनेता नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले नागाका पिता नागार्जुनको घरमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ।
नागार्जुन आफैले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सेयर गरेर उनीहरुलाई आशीर्वाद दिएका छन् । उनले सोसियल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा म निकै खुसी छु । दुवैले बिहान ९:४२ मा इन्गेजमेन्ट गरेका हुन् । शोभितालाई परिवारमा स्वागत गर्दछौं। दुबैजनालाई हार्दिक शुभकामना ।’
इन्गेजमेन्टका लागि नागाले आफ्नो आगामी फिल्म ‘ठन्डेल’ को सुटिङबाट एक दिनको ब्रेक लिएको समाचारमा बताइएको छ । सामन्थासँग सम्बन्धविच्छेद गरेपछि नागा चैतन्यको नाम शोभितासँग जोडिन थालेको थियो ।
शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्य धेरै पटक देखिएका थिए । शोभिताले पनि आफ्नो जन्मदिन हैदराबादमै सेलिब्रेट गरिन् । यसपछि पनि नागा र शोभिता धेरै स्थानमा सँगै देखिएका थिए।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिस्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् । दुवैको अक्टोबर ६, २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेको थियो तर त्यसअघि नै उनीहरु अलग भएका थिए ।


















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया