फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक
मेरोन्यूज
२०८१ साउन २६ गते ७:५४

काठमाडौं। आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।
फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।
केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । त्यस्तै पछिल्लो महिना स्पेनी यू–१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो ।
गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो । एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू–२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ।
सम्बन्धित














बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया