आइतबार, वैशाख १३, २०८३

बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु

मेरोन्यूज २०८१ साउन २६ गते १३:०८

चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ। मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो।

Advertisement
NiccNicc

अत्याधुनिक थ्युलियम फाईबर लेजर (टिएफएल) मेसिनबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै फाईदा हुने अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले बताए।

युरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नती हुने डा. नेपालको भनाइ छ।

यस अघि युरोलोजीमा प्रयोग हुने लेजरहरु जस्तैः होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यु च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने भन्दै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने नहुने बताए।

अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।

प्रतिक्रिया