बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
मेरोन्यूज
२०८१ साउन २६ गते १३:०८

चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ। मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो।
अत्याधुनिक थ्युलियम फाईबर लेजर (टिएफएल) मेसिनबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै फाईदा हुने अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले बताए।
युरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नती हुने डा. नेपालको भनाइ छ।
यस अघि युरोलोजीमा प्रयोग हुने लेजरहरु जस्तैः होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यु च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने भन्दै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने नहुने बताए।
अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया