सत्रौँ भानु कप : लिभिक र च्याङ्ली फाइनलमा प्रवेश

तनहुँ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी भानु कपको सत्रौँ संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् ।
भन्सार युवा क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको शनिबार सम्पन्न सेमिफाइनलमा भानुको फ्रेन्डशिप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा लिभिक १–० ले विजयी भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक राजेश कार्कीले जानकारी दिए ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेताले रु दुई लाख ५० हजार दुई सय ११ नगद र उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई रु २५ हजार दुई सय ११ प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११ र सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिनेछ ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया