सत्रौँ भानु कप : लिभिक र च्याङ्ली फाइनलमा प्रवेश

तनहुँ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी भानु कपको सत्रौँ संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् ।
भन्सार युवा क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको शनिबार सम्पन्न सेमिफाइनलमा भानुको फ्रेन्डशिप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा लिभिक १–० ले विजयी भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक राजेश कार्कीले जानकारी दिए ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेताले रु दुई लाख ५० हजार दुई सय ११ नगद र उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई रु २५ हजार दुई सय ११ प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११ र सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिनेछ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया