भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन

नयाँदिल्ली। लामो समयदेखि बिरामी रहेका भारतका पूर्व बिदेश मन्त्री के. नटवर सिंहको शनिबार राति निधन भएको छ । उनी ९३ वर्षको थिए ।
उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए । पारिवारिक स्रोतका अनुसार उनका छोरा अस्पतालमा छन् र उनको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन्।
नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गरेका थिए । सो अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह थिए। उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहेका थिए ।
नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उनको पूरा नाम कुँवर नटवर सिंह थियो र उनी शाही परिवारका थिए। उनले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी भारतीय विदेश सेवामा सामेल भए र १९५३ मा आफ्नो सेवा सुरु गरेका थिए ।














कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया