सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए। हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए। क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो ।
कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।
कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया