एसियन हाइड्रोपावर घाटामा
मेरोन्यूज
२०८१ साउन २७ गते ११:५९

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घाटा व्यहोरेको छ ।
कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो । यता, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नोक्सानी बढेको हो ।
३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १६.४१ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ रहेको छ ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया