लिविया झडपमा ९ जनाको मृत्यु, १६ घाइते

काठमाडौँ । लिवियामा प्रतिद्वन्द्वी दुई समूहबीच भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
लिबियाको स्वास्थ्य मन्त्रालयको आपतकालीन विभागका प्रवक्ता ओसामा अलीले शनिबार घटनाको पुष्टि गरेका छन् । उनले सङ्ख्या उल्लेख नगरिकन केही हताहत भएको आफूलाई जानकारी प्राप्त भएको बताएका छन् ।
प्रवक्ता अलीले सिन्ह्वालाई दिएको जानकारीअनुसार ट्राजुरा जिल्लामा भएको झडपका कारण दर्जनौं परिवार सुरक्षाका कारण विस्थापित भई आफन्त कहाँ शरण लिनपुगेका छन् ।
सन् २०११ मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रहेको थियो ।
नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइएको थियो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पारेको र गृहनगर सिर्तमा भएकै आक्रमणमा गद्दाफी मारिएका थिए ।
नेता मुअम्मर गद्दाफीको पतन देखि नै हिंसा र राजनीतिक अस्थिरता रहेको छ । तत्कालिन सरकारका सेना र विद्रोहीसमूहबीचको आन्दोलन गृहयुद्धमा परिणत भएपछि बनेका समूहहरूबीचको सङ्घर्षका कारण दर्जनौँ साना समूहको जन्म भएको र बेलाबेला उनीहरूबीच नै झडपका घटना हुने गरेका छन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया