महायज्ञबाट ८१ लाख सङ्कलन

जलेश्वर, (महोत्तरी) । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख सङ्कलन भएको छ ।
महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म रु ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिए।
उनकानुसार महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने रु एक लाख दुई हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताए ।
यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गरेका छन् भने बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गरेका छन् ।











महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया