आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियोः नवनियुक्त प्रधानन्यायधिस

ढाका । नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको बताएका छन् ।
सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत समारोहमा उनले यस्तो धारणा राखेका हुन ।
आफ्नो भाषणको सुरुमा सैयद रेफात अहमदले विद्यार्थी र जनआन्दोलनमा मारिएका शहीदहरूको सम्झना गर्दै भने, ‘म विद्यार्थी र सम्पूर्ण देशका जनतालाई बधाई दिन्छु, म यस आन्दोलनलाई समर्थन गर्नेहरूलाई पनि बधाई दिन्छु।’
उनले थप भने, ‘विद्यार्थीहरूले असमानता विरुद्ध ठूलो जागरण ल्याएका छन्। विद्यार्थी र जनताको क्रान्तिले गर्दा मलाई यो जिम्मेवारी सुम्पिएको छ, जुन म पूरा गर्नेछु। अहिले हामी भग्नावशेषमा उभिरहेका छौं। यस विनाशमा उभिएर हामीले नयाँ सुरुवात गर्नुपर्छ।’
प्रधानन्यायाधीशले कुनै पनि किसिमको अनियमितता सह्य नहुने चेतावनी दिएकाे ढाका ट्रिब्युनले उल्लेख गरेकाे छ ।














यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया