शुक्रबार, वैशाख १८, २०८३

जनार्दनको लिखित प्रस्तावबारे प्रचण्डकाे प्रतिक्रिया– केही हुँदैन, सबै मिलेर जान्छ

मेरोन्यूज २०८१ साउन २८ गते १९:०१

काठमाडौं। प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

Advertisement
NiccNicc

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएकोबारे उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।

‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको प्रस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा ?’ भन्दै साेमबार सञ्चारकर्मीले प्रचण्डलाई साेधेका थिए । जवाफमा उनले भने, ‘हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छन् । तपाईंहरूलाई न छ तनाव त, हामीलाई केही भएको छैन ।’

आइतबार माओवादीकाे बैठकमा उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका थिए।

अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका थिए।

प्रतिक्रिया