म निर्वाचित भएँ भने आप्रवासीलाई अमेरिकी इतिहासकै ठुलो देशनिकाला गर्नेछु : ट्रम्प

वासिङटन डिसी, २९ साउन । आसन्न अमेरिकी निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले आफ्नो मंगलबार बिहान एक्सकाे स्पेश कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अबैध आप्रवासनका बारेमा खुलेर कुरा गरेका छन ।
मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिदैँ अमेरिकाको दक्षिणी सिमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भने कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन्।’ दक्षिण सिमावाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उनीहरू दुबै सहमत भएको सीएनएनले जनाएको छ ।
ट्रम्पले आफ्नो पुर्ववत दावीहरू दोहोर्याए कि अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमा भित्र छिर्दैछन । ट्रम्पले राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दाबी झूटो भएको उल्लेख गर्दै सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिएका छन् ।
तर, पूर्व राष्ट्रपतिले यदि आफु निर्वाचित भएमा याे प्रतिबद्दता जनाए कि, ‘हामी निर्वाचित भयाैं भने हामीले यो देशको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्नेछौं ।’
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया