शनिबार, पुष १९, २०८२

युवाहरूलाई प्रधानमन्त्री ओलीको सुझाव : २० वर्ष आसपासमा बिहे गरेर छिटो सन्तान जन्माउनू

मेरोन्यूज २०८१ साउन २९ गते १८:०८
This image has an empty alt attribute; its file name is 453578982_369407819542999_50959461286211342_n-1024x682.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष आसपासमा विवाह गर्न सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।

उनले भने, उमेर छउञ्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भयो । मेरो एउटा सुझाव छ, २०(३० वर्षमा बिहे गर्नुस् । छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन् । उनले भने

प्रधानमन्त्री ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।

प्रतिक्रिया