मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा

जब हामी मध्ये धेरैजसो बाहिरबाट आउँछौं, हामी आफ्नो अनुहार धुन्छौं र तौलियाले आफ्नो अनुहार सफा गर्छौं । यो सबै घरहरूमा हुन्छ र यसलाई सामान्य रूपमा लिइन्छ । तर यो बानीले हामीलाई ठूलो समस्यामा पार्न सक्छ । वास्तवमा परिवारका सबै सदस्यले एउटै तौलियाले बारम्बार अनुहार पुछ्दा फोहोर हुन्छ, जसका कारण संक्रमण हुन सक्छ ।
समयभन्दा पहिले चाउरीपना
आफ्नो अनुहार धोएपछि तौलियाले आफ्नो अनुहारलाई कसेर रगड्नु हुँदैन । यसो गर्नाले अनुहारको लचिलोपन र चमक समाप्त हुन्छ । जसका कारण समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।
पिम्पलको खतरा
घरमा प्रयोग हुने तौलिया सामान्यतया दिनहुँ धाेइदैन् , जसका कारण यसमा धेरै ब्याक्टेरिया र कीटाणु जम्मा हुन्छन् । जब तपाइँ त्यो तौलिया प्रयोग गर्नुहुन्छ, ती ब्याक्टेरियाले तपाइँको अनुहारमा आक्रमण गर्दछ । जसका कारण पिम्पल हुने गर्छ । त्यसैले तौलियालाई दैनिक केही समय घाममा सुकाउनु राम्रो हुन्छ ।
हातले सुकाउनुस् अनुहार
आफ्नो अनुहार धोएपछि, आफ्नो अनुहार सफा गर्न रुमाल वा नरम तौलिया प्रयोग गर्नुहोस् । यो तौलिया सफा हुनुपर्छ । तौलियाको प्रयोगबाट बच्न चाहनुहुन्छ भने हातले अनुहारमा जमेको पानी सफा गर्नुहोस् । यसो गर्नाले अनुहारको चमक कायम रहन्छ।
प्राकृतिक नरमपनामा हानि
हामी सबैको अनुहारमा प्राकृतिक नरमपना हुन्छ । यो आर्द्रता शरीरमा उत्पादन हुने हर्मोनका कारण उत्पन्न हुन्छ । यदि हामीले रगडेर अनुहार सफा गर्छौं भने त्यो प्राकृतिक नरमपना हराउँछ । त्यसैले अनुहार धोइसकेपछि यसलाई कहिल्यै धेरै रगड्नु हुँदैन।
-एजेन्सीको सहयोगमा









इनरुवा-३ का मतदाता भन्छन्-‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
नवलपुरमा थपिए नौ हजार मतदाता
पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता पक्राउ
महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया