रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्धा बन्द

काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जली लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।
पतञ्जली आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’ को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो ।
अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो ।
यस मामिलामा, सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गर्यो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको थियो । सर्वोच्च अदालतको न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो ।
पतञ्जली आयुर्वेदले बेच्ने उत्पादनबाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो । उनले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरेको थियो ।
आइएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो । त्यसपछि अवहेलना सम्बन्धि कारबाही अगाडी बढेको थियो ।
यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको लागि बिना शर्त माफी मागेका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया