बुधबार, पुष ९, २०८२

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड सङ्कल,राधिका दासीले भवन शिलान्यास गर्ने

मेरोन्यूज २०८१ साउन ३० गते १२:०८

महोत्तरी । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट रु दुई करोड सङ्कलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद रु दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छाै ।

आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उनले नै शिवपुराण सुनाउनुभएको थियो । बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।

प्रतिक्रिया