जिहो–सेल्स एण्ड एक्सचेन्ज मेला सुरु

काठमाडौं । तीन दिने जिहो–सेल्स एण्ड एक्सचेन्ज मेला सुरु भएको छ । नेपालका लागि सीएफमोटो जिहो ब्राण्डका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले यही साउन ३०, ३१ र ३२ गते नक्साल तथा झम्सिखेल स्थित शोरुम मार्फत मेला सुरु गरेको हो ।
इभी दुई पाङ्ग्रे रुचाउने ग्राहकहरूका लागि उच्च सुविधा र राम्रो अफरका साथ तीन दिने ‘जिहो एबी६प्लस सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सञ्चालनमा भएको छ । यस जिहो स्कुटर विश्वका विभिन्न देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।
यस मेलामा ग्राहकले नयाँ खरिद गर्दा २० हजार रुपैयाँ अफर स्वरूप छुट पाउने छन् । एक्सचेन्जमा खरिद गर्दा बजार मूल्याकंनमा थप ३० हजार रुपैयाँ अफर स्वरूप पाउने र साथसाथै फ्री हेलमेट पाउने छन् । थप मेलामा खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली खरिदकर्ताले गोला प्रथा मार्फत कम्पनीको तर्फबाट दशै सपिङ कुपन पाउने र मेलामा पाल्नेले ग्राहकहरूमध्ये एक जनाले गोला प्रथा मार्फत नै पाँच हजार रुपैयाँको दशै सपिङ कुपन प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले बिक्रीको साथसाथै आफ्नो ब्राण्डलाई बजार र ग्राहक सामु लोकप्रिय बनाई राख्न कम्पनीले बेला बेलामा सर्भिस क्याम्प सञ्चालन गर्दै आएको छ । जिहो ब्राण्डका स्कुटरहरूमा मोटरमा २ वर्षको, ब्याट्रीमा ३ वर्ष र चार्जर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी पाउन सकिने कम्पनीले जनाएको छ ।















मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया