भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति
मेरोन्यूज
२०८१ साउन ३१ गते १३:१३

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ ।
सिंहदरवारमा जारी बैठकमा विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग सुझाव लिने आजको कार्यसूची रहेको समिति सभापति रामहरि खतिवडाले बताए ।
आजको छलफलमा गृहमन्त्री रमेश लेखक, अख्तियारका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित छन् ।
यसअघि बैठकमा सदस्यहरूले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।
भ्रष्टाचारजन्य कसुरमा हदम्यादको विषयलाई लिएर पनि फरक-फरक धारणा आएका छन् । समितिमा फास्ट ट्रयाकमा विधेयकलाई अघि बढाइएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया