कोशी प्रदेशमा नागरिकको गुनासो सम्बोधन गर्न ‘हेलो सिएम’ को शुभारम्भ

मोरङ । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ‘हेलो सिएम’ गुनासो व्यवस्थापन प्रणालीको सुरु गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिम’ एवं गुनासो व्यवस्थापन प्रणाली एवं कक्षको डिजिटल माध्यमबाट शुभारम्भ गरे ।
हाललाई बिहान १० देखि ५ बजेसम्म सरकारी तथा सार्वजनिक निकायबाट भएक काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको छ ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाइ पोर्टल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री कार्कीले पोर्टलबाट शासकीय सुधारमा सहयोग पुग्ने बताए । उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिए । उनले जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा तीब्रगतिमा प्रभावकारी तुल्याउन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले सुशासन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलग कक्ष निर्माण गरी कर्मचारीको व्यवस्थापन गरेर ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया