३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै
मेरोन्यूज
२०८१ साउन ३२ गते १२:१४

काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।
उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।
बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया