भारतको जम्मू कश्मीर र हरियाणामा विधानसभा निर्वाचनको मिति घोषणा
मेरोन्यूज
२०८१ साउन ३२ गते २०:०३

काठमाडौँ । भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ।
त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू कश्मीरमा ९० विधानसभा सीट हुनेछन् । निर्वाचन आयोगले यस वर्ष जम्मू कश्मीर विधानसभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधानसभामा ८७ सिट थिए ।
हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मु कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।
सम्बन्धित
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया