भारतको जम्मू कश्मीर र हरियाणामा विधानसभा निर्वाचनको मिति घोषणा
मेरोन्यूज
२०८१ साउन ३२ गते २०:०३

काठमाडौँ । भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ।
त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू कश्मीरमा ९० विधानसभा सीट हुनेछन् । निर्वाचन आयोगले यस वर्ष जम्मू कश्मीर विधानसभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधानसभामा ८७ सिट थिए ।
हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मु कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।
सम्बन्धित













रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया