हैजाको जोखिम : खानेपानीको नमूना सङ्कलन

बैतडी । बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ ।
देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।
जिल्लाको दोगडाकेदारमा रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो । यसका साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ ।
दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए । उनले भने, ुदेशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।ु
यसैबीच चाडपर्व नजिकिएसँगै जिल्लामा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न ठाउँमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।
सदरमुकामस्थित गढी र गोठलापानीमा बजार अनुगमन गरिएको हो । गढीमा १३ वटा पसल र गोठलापानीमा ४२ वटा पसलमा अनुगमन गरिएको छ । पसलमा अनुगमन गर्दा रु दुई हजार चार सय ५० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया